प्रमुख सूचना::
नागरिकता र प्रतिलिपि सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय:
वार्ड कार्यालय
सेवा शुल्क:
नागरिकता सिफारिस रु ११० र र प्रतिलिपि सिफारिस रु १६०
आवश्यक कागजातहरु:
१.निवेदन पत्र र आमा/बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी | २.जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी | ३.बसाई सराई आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपी | ४.दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति | ५.कर्मचारीको हकमा सम्बन्धित कार्यालयको सिफारिस | ६.प्रतिलिपिको हकमा पुरानो नागरिकताको प्रतिलिपी
प्रक्रिया:
१.निबेदन सहित तोकिएको कागजात हरु पेश गर्ने | २.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने | ३.निबेदन दर्ता गर्ने | ४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने | ५.निवेदकले तोकिएको शुल्क बुझाउने | ६. चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने | ७.तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने|